भेरी नदीको बेलिब्रिज भाँचिदा दुई जनाको मृत्यु, तीन गम्भीर घाइते

जाजरकोट | बैशाख ७, २०८०

भेरी नदीको बेलिब्रिज भाँचिदा दुई जनाको मृत्यु, तीन गम्भीर घाइते

जाजरकोट:   जाजरकोटमा निर्माणाधीन मोटरेबल पुल भाँच्चिदा घाइते भएकामध्ये २ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका अनुसार पुलमा काम गरिरहेका श्रमिकमध्ये २ जनाको मृत्यु भएको हो।

 

भारतको बहराइच जिल्लाका धर्मेन्द्र गौतम र पुरूषोत्तम गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रमुख नवराज भट्टराईले जानकारी दिए।

 

बिहीबार दिउँसोतिर जाजरकोट-डोल्पा सडक खण्डअन्तर्गत निर्माण भइरहेको बेलिब्रिज भाँच्चिएको थियो। रूकुमको आठविसकोट नगरपालिकामा पर्ने गोतामकोट र जाजरकोटको नलगाड नगरपालिकाको तल्लु बगर जोड्नेगरी ठूलीभेरी नदीमाथि बनिरहेको उक्त पुल भाँच्चिएको हो।

 

घटनामा सात जना घाइते भएका छन्। तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको रूकुमका प्रहरी प्रमुख डिएसपी भट्टराईले जानकारी दिए।

 

घाइते हुनेहरूमा एक जना नवलपरासीका क्रेन चालक निरजकुमार चौधरी रहेका छन्।

 

अरू ६ जना भारतीय रहेका छन्। प्रहरीका अनुसार बहराइच जिल्लाका गोरख नाथ, मैतु गौतम, सञ्जय गौतम, सोनु चमार, गोपाल चमार र राजकुमार हरिवन चमार घाइते भएका छन्।

 

घाइतेहरूलाई उपचारका लागि जाजरकोटको नलगाड नगरपालिकास्थित दल्ली स्वास्थ्य चौकीमा राखिएको थियो। गम्भीर घाइतेहरूलाई थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको छ।

 

क्रेन चालकसहित चार जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ ।   उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...

थप पढ्नुहोस्

पोखरा:    सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा  प्रवेश गरेको छ ।   पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...

थप पढ्नुहोस्

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।   शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

थप पढ्नुहोस्